धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतार–चढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक ३.०३ अङ्कले ओरालो लागेर २०६०.०६ बिन्दुमा झरेको छ ।
आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ अङ्कले ओरालो लागेर ३९४.६२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहगत सुचकमध्ये ९ वटा घट्दा ४ भने उकालो लागेको छ ।
नेप्सेका अनुसार कारोबार भएकामध्ये १०७ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १०२ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल ८२ लाख २२ हजार आठ सय ३३ कित्ता सेयर ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ बराबरको कारोबार भयो ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ४३ करोड १९ लाख ६४ हजार २३६ रूपैयाँ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक ९ करोड ६६ लाख ९५ हजार रूपैयाँ, सानिमा बैंक ९ करोड ४९ लाख १२ हजार ८१४ रूपैयाँ, हिमाल दोलखा हाइड्रोपावर ८ करोड १७ लाख ९४ हजार ४५२ रूपैयाँ र नेपाल पुनरबीमा कम्पनी ८ करोड ३ लाख ४२ हजार ८१८ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आज विभिन्न चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जसमा श्वेतगङ्गा हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्योरेन्स छन् । यस्तै, नेरुडे लघुवित्तको सेयर मूल्य ७.७३ प्रतिशतले बढेको छ ।
त्यस्तै, विन नेपाल लघुवित्त ५.५९, बोटलर्स नेपाल तराई लघुवित्त ५.५४, दोर्दी खोला जलविद्युत् ३.४४, पिपल्स पावर कम्पनी ३.४० र हिमालयन बैंकको सेयर मूल्य ३.३२ प्रतिशतले घटेको छ । मंगलबारको बजार बन्दपछि समग्र बजार पुँजीकरण २९ खर्ब ८१ अर्ब ५ करोडमा समेटिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया