निर्धन उत्थान लघुवित्तले घटाएर घोषणा गर्‍यो लाभांश

0
Shares

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षको तुलनामा ११ प्रतिशत बिन्दु कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पुस १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २९.५० प्रतिशत बोनस सेयर र १.५५ प्रतिशत नगद गरी कुल ३१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । लघुवित्तले आव २०७३/७४ मा सर्वाधिक ८०.७१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।

यस्तो छ लघुवित्तको लाभांश इतिहासः

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2078/79 19.00 1.00 20.00
2 2077/2078 29.50 1.55 31.05
3 2076/2077 13.00 0.68 13.68
4 2075/2076 25.00 15.53 40.53
5 2074/2075 20.00 22.11 42.11
6 2073/2074 66.67 14.04 80.71
7 2072/2073 20.00 11.58 31.58
8 2071/2072 48.81 13.10 61.91
9 2070/2071 40.00 12.63 52.63
10 2069/2070 20.00 11.58 30.00
11 2068/2069 3.92 11.87 15.79
12 2067/2068 8.00 0.42 8.42

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० पुस २०७९, बुधबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।