नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल भारत खुला सीमा व्यवस्थापन वित्तिकै कम्तिमा ४० प्रतिशत राजश्व वृद्धि हुने बताएका छन् ।
भन्सार राजश्व प्रभावकारी नहुँदा पनि राजश्व लक्ष्यअनुसार उठ्न नसकेको बताउँदै अध्यक्ष मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।
तिलोत्तमा चेम्बर अफकमर्सको नवौं साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष मल्लले भने, ‘पछिल्लो समय राजश्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन । लक्ष्य अनुसार राजश्व संकलन नहुँदा चालु खर्च धान्नपनि सरकारलाई मुस्किल परिरहेको छ ।’
अध्यक्ष मल्लले नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेकाले ४० प्रतिशत कम राजश्व संकलन भएको बताए ।
आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसँग हातेमालो गर्न आफूहरु तयार रहेको बताउँदै अध्यक्ष मल्लले सरकारले करको दायरा फराकिलो पारेर राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा जोड दिए ।
कर राजश्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीयतहसम्मै सहकार्य गर्न जरुरी रहेको अध्यक्ष मल्लले बताए ।
अनुशासित व्यवसाय, पारदर्शी कर प्रणाली सम्वन्धमा निजी क्षेत्र सदैव प्रतिबद्ध रहेको अध्यक्ष मल्लको भनाई छ ।
कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताए । राजश्व संकलन लगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थतन्त्र उकास्ने जिम्मेवारी निजी क्षेत्रको पनि भएको बताए ।
‘उत्पादन वृद्धि गरेर निर्यात प्रर्वद्धन, औद्योगिक लगानी मार्फत रोजगारी सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’ अध्यक्ष मल्लले भने, ‘आयातलाई व्यवस्थित गरेर निर्यात प्रर्वद्धन गर्नका लागि सरकारसंग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको छ ।’
खुद्रा पसल देखि होलसेलसम्मै बिलबिजकको व्यवस्थालाई अनिवार्य रुपमा कार्यन्व्यनमा ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया