सुनको मूल्य तोलामा ४०० घट्यो, चाँदीको सामान्य गिरावट

0
Shares

मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै तेजाबी सुनको मूल्य प्रति तोला १ लाख ३ हजार तय गरिएको छ ।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । सोमबार प्रति तोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज २५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रति तोला १ हजार ३६५ रुपैयाँ रहेको छ ।

महासंघले अनतराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८७२ डलर र चाँदी प्रति औंस २३.५७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ पुस २०७९, मंगलबार  १२ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।