नेपाल राष्ट्र बैंकले ५० रुपैयाँका नोट छपाइका लागि भारतीय कम्पनीलाई अनुबन्ध गरेको छ ।
केन्द्रीय बैंकले ३० करोड थान ५० रुपैयाँ नोटको डिजाइन, मुद्रण तथा आपूर्तिका लागि भारतीय कम्पनी–सेकयुरीटि प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनलाई जिम्मा दिएको हो।
राष्ट्र बैंकले ५० रुपैयाँको नोट छपाइका लागि बोलकबोल आह्वान गरेको थियो । जसमा चिनियाँ कम्पनी, भारतीय कम्पनी र फ्रान्सेली कम्पनीले बोलकबोलमा सहभागिता जनाएका थिए।
भारतीय कम्पनीले ५० लाख ४८ हजार ७८० डलर अर्थात् ६६ करोड २२ लाख १२ हजार १४३ रुपैयाँमा ५० रुपैयाँको ३० करोड थान नोटहरु मुद्रण गर्ने भएको हो।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया