बोटलर्स नेपाल बालाजु र तराईको लाभांश साधारण सभाबाट अनुमोदन

0
Shares

कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेका छन् ।

दुबै कम्पनीको साधारण सभा र्‍याडिसन होटल लाजिम्पाटमा बुधबार सम्पन्न भएको हो ।

बोटलर्स नेपाल बालाजुको ४४ औं वार्षिक साधारण सभाले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ छ । जस अनुसार बोटलर्स नेपाल बालाजुले २० प्रतिशतले हुन आउने ३ करोड ८९ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बोटलर्स नेपाल बालाजुले ८७ करोड ६० लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यसैगरी बोटलर्स नेपाल तराईको बुधबार सम्पन्न भएको ३६ औं वार्षिक साधारण सभाले सेयरधनीलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ छ । जस अनुसार बोटलर्स नेपाल तराईले ६० प्रतिशतले हुन आउने ७ करोड २६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बोटलर्स नेपाल तराईले ६८ करोड ३१ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

दुबै कम्पनीले लाभांश साधारण सभाबाट लाभांश पारित भएसँगै अब क्रमश लगानीकर्ताको खातामा वितरण हुनेछ । कम्पनीले लाभांश वितरणको सूचना केही दिनमा नै प्रकाशन हुने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ पुस २०७९, बुधबार  २० : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।