छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तको पुस २७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आव २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.२६ प्रतिशत नगद लाभांश गरी कुल २५.२६ प्रतिशत प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट कम्पनीले २७ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीले ४.७४ प्रतिशत बिन्दुले कम हो ।
हाल लघुवित्तको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ५१ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुग्नेछ । त्यस्तै कम्पनीले कर प्रयोजनका लागि ७ करोड ५७ लाख ६५ हजार ६६० रुपैयाँ नगद बाँड्नेछ ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया