कर्पोरेट डेभलपमेन्ट बैंकले पाँच प्रतिशत बोनस बाँड्ने

0
Shares

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको पुस २६ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट चुक्रा पुँजीको ५० करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले प्रस्ताव गरे बमोजिम २ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १३ लाख १५ हजार ७८९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७९, बिहिबार  १२ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।