इमर्जिङ्ग नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७८/७९ को वार्षिक आर्थिक विवरण, कम्पनीको सहायक कम्पनी “होटल एलिस द वोण्डर इन लि.” को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।
साथै, कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक सर्वसहमतिले पारित गरेको छ ।
सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा विकास सिलवाललाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया