काठमाडौंमा चैत्र २ देखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

0
Shares

यसवर्ष नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी चैत्र २ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । मेला सम्बन्धमा जानकारी दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

कोरोना महामारिका कारण महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्टिय व्यापार मेला गएको दुुई वर्ष आयोजना हुन सकेको थिएन । अन्तर्र्राष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि आजैबाट स्टल बुकिङ खुला समेत गरिएको जानकारी सो अवसरमा गराइयो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौं संस्करण हो ।

यस वर्षको मेलाको लागि चीनबाट, भारतबाट, पाकिस्तानबाट, बंगलादेशबाट र भुटानबाट सहभागिता रहने छ । मेलामा नेपाली हस्तकला र एनटिआईएस प्रोडक्टसका साथै मेड इन नेपाल वस्तुहरुको प्रर्दशनी गरिने छ । यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी समेत हुनेछ ।  नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा एनटीआइएसका उत्पादनहरुको प्रदर्शनीबाट नेपालको औद्यँेगिक व्यवसायिक विकासका सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विस्वास लिएको छ । कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरु,चीन, थाइल्यान्ड, म्यानमार, लगायतका देशहरुको सहभागिता रहने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, लगायतका देशहरुबाट क्रेताहरु आउने अपेक्षा गरिएको छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकला उत्पादनहरु, एनटिआईएस एण्ड मेड इन नेपाल प्रोडक्टस् रहने छन् । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्धिपक्षिय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुबाट छानिएका उत्कृष्ट स्टल तथा उत्पादनलाई मेलामा निःशुल्क स्टल उपलब्ध गराईने छ ।

मेला महोत्सव केन्द्रदेखि स्थानीय तहसम्म आर्थिक क्रियाकलाप विस्तार गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने, जनतामा मुखरित हुन नसकेको उद्यमशीलताको सम्भाव्यतालाई उजागर गर्ने, स्थानीय जनताले आफ्नै घरआँगनमा उत्पादन गरेका वस्तुहरू आय आर्जनको स्रोत बनाउन र मूलत मेला महोत्सव स्थानीय जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गर्ने महत्वपूर्ण माध्यम बन्दै आएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ठ पहिचान बनाईसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रर्वद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पु¥याउने आशा एवंं विश्वास महासंघले लिएको छ ।

आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पुरयाउने, अतिरिक्त २२ लाख मानिसलाई औपचारिक निजी क्षेत्रमा रोजगारी सिर्जना गर्ने, व्यापार घाटा र अर्थतन्त्रको अनुपात आधा घटाउने लगायतका उद्देश्यले महासंघले ल्याएको भिजन पेपर २०३० को सफल कार्यान्वयनमा समेत अन्तराष्ट्रिय व्यापार मेलाले सघाउ पुरयाउने विश्वास महासंघको छ । मेलामा जेष्ठ नागरीक तथा फरक रुपले सक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ ।

महासंघले विक्रम सम्वत २०५६ सालदेखि अन्तराष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ । प्रारम्भमा नेपाल विजनेश एक्स्पो नाम दिइएको उक्त मेला पछि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाका नाउँमा महासंघले निरन्तररुपमा आयोजना गर्न थाल्यो ।

तत्पश्चात मेला महोत्सवलाई नेपाल सरकारले पनि आर्थिक विकासको एक महत्वपूर्ण माध्यमको रूपमा स्वीकार गर्न थाल्यो र विस्तारै देशैभर मेला महोत्सव आयोजना हुने क्रम बढ्न थाल्यो र सरकारले पनि मेला महोत्सव आयोजनाका लागि सहयोग गर्न थाल्यो । केन्द्र एवं जिल्ला÷नगरस्तरमा आयोजना हुने मेला महोत्सवलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले पनि प्रवद्र्धन गर्दै आएको छ ।

महासंघको नेतृत्वमा महासंघका सदस्य उद्योग वाणिज्य संघ संस्थाहरूको समन्वयमा स्थानीय र प्रादेशिक तहमा समेत बर्षेनी करिव ५ दर्जन जति मेला महोत्सव आयोजना हुँदै आएका छन् । यसबाट सरकारको राजस्वमा समेत सहयोग पुग्न गएको छ ।  महासंघकै पहलमा अहिले केन्द्रमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलादेखि स्थानीय तहसम्मै क्षेत्रगत मेला महोत्सव समेत आयोजना हुन थालेका छन् । यतिमात्र नभई महासंघले अन्तर्राष्ट्रिय मेला महोत्सवमा समेत नेपालको प्रतिनिधित्व गराउँदै समन्वय गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७९, बिहिबार  १७ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।