साढे २२ लाख रकमसहित दुई हुण्डी कारोबारी पक्राउ

0
Shares

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानरपालिका–१६ घर भएका ३४ वर्षीय विकास शाह र वीरगञ्ज–९ घर भएका १९ वर्षीय सुवासकुमार शाह छन् ।

आरोपीहरुको साथबाट हुण्डी कारोबारको २२ लाख ५० हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगञ्ज–८ स्थित घण्टाघरमा आरोपीहरु सवार भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा हुण्डीको रकम भेटिएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ माघ २०७९, बुधबार  १४ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।