नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भारतको इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडा दिल्लीमा आयोजित “१६ औं अटो एक्स्पो २०२३” अन्तर्गत अटो ट्रेड डायलगमा ‘नेपाल अटो मार्केट एण्ड पोलेसी ट्रेण्ड’ का विषयमा विशेष प्रस्तुती दिएको छ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल अटो मार्केट एण्ड पोलेसी ट्रेण्डका विषयमा विशेष प्रस्तुती दिएका हुन् ।
यस्तै २०७९ पुस २९ गतेदेखि शुरु भएको “१६ औं अटो एक्सपो २०२३” मा नाडाका अध्यक्ष ध्रुव थापाले नेपालको अटोमोवाइल क्षेत्रको चुनौति र समस्याहरुका बारेमा आफ्नो धारणा राखेका थिए ।
त्यसैगरी सो डाइलग कार्यक्रममा सिलोन मोटर ट्रेडर्स एशोसिएशनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोवाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ्ग एशोसिएशनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफनो देशको अटोमोवाइल व्यवसायका चुनौतिहरु बारे चर्चा गरेका थिए । सो डाइलगको सेसन मोडरेटर सियामका स्ट्रायाटिजी ब्राण्ड एण्ड कम्मुनिकेशन, भि.इ कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेण्ट भगवान विण्डीगनाभिले गरेका थिए । सो डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी सियामले मिति २०७९ पुस २८ गते सोहि स्थानमा पहिलो पटक आयोजना गरेको इभि डिस्कसन कार्यक्रममा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा तथा यमुना श्रेष्ठ सहभागी भएका थिए । सियामले नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई सो डाइलग र डिस्कशन कार्यक्रमहरुमा सहभागी भई आफनो धारणाहरु राखि दिन निमन्त्रणा समेत गरेको थियो ।

नाडाका अध्यक्ष थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले सो प्रदर्शनीको अवलोकन भ्रमण सम्पन्न गरेको थियो । नाडाका केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहित १५० भन्दा बढी सदस्यहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।
अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनले पुस २७ गते देखि माघ १ गतेसम्म दिल्लीको प्रगति मैदानमा आयोजना गरेको १६ औं अटो एक्सपो (कम्पोनेण्टमा) पनि नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु लगायत नाडाका सदस्य कम्पनीहरुले उल्लेख्य मात्रमा अवलोकन भ्रमण गरेका थिए । यसबाट नाडाको सियाम र एक्मा विचको पारस्परिक सम्बन्ध थप मजबुत भएको छ । स्मरणीय छ नाडाले पनि हरेक बर्षको दशै अगाडि भुकृटी मण्डपमा नाडा अटो शो सम्पन्न गर्दे आएको छ ।
सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ्क एशोसिएशन प्रमुख आयोजक रहेको सो प्रदर्शनी माघ ४ गते समापन भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया