ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश, कति दिँदैछ बोनस ?

0
Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १२ प्रतिशत बोनस सेयर रहेको छ भने ८ प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश रहेको छ ।

माघ ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

हाल लघुवित्तको चुक्तापुँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ छ । जसको कुल २० प्रतिशतले हुन आउने ११ करोड ५ लाख १७ हजार ८६५।२० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो ।

लघुवित्तले ६ करोड ६३ लाख १० हजार ७१९ रुपैयाँ बराबरको बोनस सेयर तथा कर सहित ४ करोड ४२ लाख ७ हजार १४६ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ५ माघ २०७९, बिहिबार  १० : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।