शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले माघ ६ गते शुक्रबारदेखि प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदका लागि माघ १३ गतेसम्म आवेदन गर्न सकिनेछ ।
सेयरको न्यूनतम मूल्य १५० रूपैयाँ तोकिएको छ । तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
बैंकको विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्री खुला गरेको थियो । सो अवधिमा वितरण हुन नसकेपछि सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी दोस्रो पटक बिक्री खुला गरिएको हो ।
बैंकको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया