एक्सेल डेभलपमेन्ट बैंकको बोनस सूचीकृत

0
Shares

एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ ।

बैंकको चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । जसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ लाख ७९ हजार २३ दशमलव ३१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सोमबार सूचीकृत भएको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

एक्सेल डेभलपमेन्ट बैंकको २०७९ साउन ९ गते सम्पन्न भएको सोह्रो वार्षिक साधारण सभाबाट उक्त बोनस पारित भएको थियो । बुकक्लोज अनुसार असार २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले उक्त बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ९ माघ २०७९, सोमबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।