लुम्बिनी जनरल इन्स्योरेन्सको घट्यो बोनस

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटडको लाभांश संशोधन भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनपछि कम्पनीले लाभांश परिमार्जन गरेको हो ।

परिमार्जित लाभांश अनुसार अब कम्पनीले चुक्ता पुँजीको ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनी सञ्चालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट उक्त संशोधित लाभांश प्रस्ताव गरेको छ ।

यसअघि कम्पनीले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
सो लाभांश बीमा प्राधिकरणबाट स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७९, बुधबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।