सबैको लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनस ?

0
Shares

सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितको माघ ११ गते अपरान्ह ४ः३० बसेको बैठकले कुल १८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्तापुँजी २७ करोड रुपैयाँको १८.९५ प्रतिशतले हुन आउने ५ करोड ११ लाख ५७ हजार ८९४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १८ प्रतिशतले हुन आउने ४ करोड ८६ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.९५ प्रतिशतले हुन आउने २५ लाख ५७ हजार ८९४ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ माघ २०७९, बिहिबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।