सुनको मूल्य सामान्य वृद्धि, चाँदीको गिरावट

0
Shares

साताको सुरुवाती दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला १ लाख ६ हजार रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ५ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यस अघि शुक्रबार छापावाला सुन १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३०० रहेको थियो । आज छापावाला तथा तेजावी सुनको मूल्य २०० रुपैयाँले बढेको हो ।

यस्तै चाँदीको मूल्य आज प्रति तोला १ हजार ३६५ रुपैयाँ रहेको छ । यस अघि चाँदीको १ हजार ३८० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको थियो ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १ हजार ९२७ डलर रहेको छ भने चाँदी प्रतिऔंस २३.६ डलरमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १५ माघ २०७९, आइतबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।