एचआइडीसीएलले माघ २२ देखि २ करोड २२ लाख कित्ता संस्थापक सेयर लिलामी गर्ने

0
Shares

एचआइडीसीएलले माघ २२ गतेबाट २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता संस्थापक सेयर पुनः लिलामी गर्ने भएको छ । यसअघि पटक पटक लिलामीमा ल्याएपनि बिक्री नभएपछि कम्पनीले पुनः सो सेयर बिक्रीमा ल्याएको हो ।कम्पनीको यो पाँचौं पटकको लिलामी हो ।

फागुन ८ गतेसम्म भर्न सकिने यस लिलामीमा जुनसुकै व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बढाबढमा मूल्यमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।

उपत्यकाभित्र यस बैंकको नयाँबानेश्वर शाखाबाट पनि आवेदन दिन सकिनेछ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७९, सोमबार  १७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।