सुनको भाउ एकैदिन २ हजार रुपैयाँले सस्तियो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

सुनको भाउ आइतबार एकैदिन तोलामा २ हजार रुपैयाँले सस्तिएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार प्रतितोला २ हजार रुपैयाँले घटेर छापावाल सुन १ लाख ४ हजार १०० रुपैयाँ र तेजावी सुन १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबारको रेकर्ड मूल्य १ लाख ७ हजार ५०० रुपैयाँबाट शुक्रबार सुन एकैदिन १ हजार ४०० रुपैयाँले घटेको थियो । उक्त दिन छापावाल सुन १ लाख ६ हजार १०० रुपैयाँ र तेजावी सुन १ लाख ५ हजार ६०० रुपैयाँमा कारोबार भएो थियो । माघ १९ गते बिहीबार भने एकैदिन १ हजार ७०० रुपैयाँले बढेर छापावालसुनको भाउ १ लाख ७ हजार ५०० रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो ।

यस्तै आइतबार चाँदीको भाउ पनि ४५ रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भैरहेको छ । शुक्रबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १ हजार ३६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस अमेरिकी डलर १८६६ तथा चाँदी २२.३५ डलर हाराहरीमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ माघ २०७९, आइतबार  ११ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।