सुनको भाउ मंगलबार तोलाको १ लाख ४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार कायम भएको सुनको मूल्य सोमबार कारोबार भएको सरह हो ।
सोमबार छापावाला सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ४ हजार ६०० रुपैयाँ पुगेको थियो । यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । महासंघले तेजावी सुनमा पनि हिजोको मूल्य नै आज पनि यथावत् नै राखेको छ ।
महासंघले सुनको मूल्य मात्र नभई चाँदीको मूल्य पनि सोमबारकै मूल्य कायम गरेको छ । चाँदी प्रति तोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८७३ अमेरिकी डलर र चाँदी प्रतिऔंस २२.३४ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया