सनराइज फोकस्ड इक्वीटी फन्डमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ । योजना व्यवस्थापक सनराइज क्यापिटलले मंगलबार कार्यालय समयपछि इकाईको बिक्री बन्द हुने जनाएको हो ।
लगानीकर्ताले आज (माघ २४ गते) सम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर सफ्टवेयर, मेरो सेयर मोबाइल एप तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। १० करोड २० लाख इकाई खरिदका लागि सार्वजनिक आह्वान गरिएको छ । छोटो अवधिमा सबै इकाई खरिदका लागि माग नपरेपछि समय थप भएको थियो । फन्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई माघ १० गतेदेखि निष्काशन तथा बिक्री खुला भएको थियो ।
योजनाको अवधि बाँडफाँड भएको मितिले १० वर्षको हुनेछ । सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण हुनेछ । फन्डको अनुमानित वार्षिक प्रतिफल २९.६६ प्रतिशत रहेको छ ।

म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी–३) रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रबद्र्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया