प्रिमियर इन्स्योरेन्सको प्रगति सुस्त

0
Shares

प्रिमियर इन्स्योरेन्सको प्रगति सुस्त देखिएको छ । अघिल्लो त्रैमासहरुमा आकर्षक प्रगति गर्दै आएको कम्पनीको प्रगति दोस्रो त्रैमासमा भने निकै सुस्त देखिएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १५ करोड ६१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ०.३४ प्रतिशत मात्र धेरै हो ।

गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ५६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको बीमा शुल्क संकलन भने ८.०५ प्रतिशतले घटेर ४२ करोड ४० लाख ६३ हजार रुपैयाँ मात्र संकलन गरेको छ । गत आवको सोही अवधिमा ४६ करोड ९ लाख ८५ हजार रहेको थियो । कुल बीमा शुल्क आर्जन भने २ प्रतिशतले मात्रै घटेको छ । कम्पनीले समीक्षा अवधिमा १ अर्ब ७ करोड ३२ लाख ४४ हजार रुपैयाँ संकलन गरेको छ । 

खुद दाबी भुक्तानीमा उल्लेख्य सुधार भएको छ । कम्पनीले पुस मसान्तसम्ममा ९.२३ प्रतिशत बढेर २२ करोड ४५ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्षको तुलनामा यस वर्ष भुक्तानी हुन बाँकी दाबी रकम ६६ प्रतिशतले घटाउन सफल भएको छ । कम्पनीले अझै ५ हजार २२७ वटा संख्याबाट परेको १ अर्ब ३० करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । जबकी गत वर्षको यहि अवधिमा दाबी भुक्तानी गर्न बाँकी यस्तो रकम ६ हजार ९२९ वटा संख्याको ३ अर्ब ८७ करोड रुपैयाँ बराबर थियो ।

कम्पनीले पुससम्म ३ हजार ३५४ वटा दाबी वापत परेको १ अर्ब ८८ करोड ३९ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा २ हजार ६८५ वटा दाबी वापत परेको ३८ करोड ३२ लाख मात्र दाबी भुक्तानी गरेको थियो ।

चुक्ता पुँजी ३०.५३ प्रतिशत वृद्धि गरेर १ अर्ब ४० करोड २६ लाख ३० हजार रुपैयाँ पुगेको प्रिमियरको जगेडा कोषको आकार भने ३५.५२ प्रतिशतले घटेर ३० करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । बीमा कोष भने १९.२३ प्रतिशतले बढेर १ अर्ब ९ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

पुससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९७ पैसाबाट ६ रुपैयाँ ७० पैसाले घटेर २२ रुपैयाँ २७ पैसा झरेको छ । चुक्ता पुँजी अनुसार नाफा बढ्न नसक्दा इपीएसमा दबाब परेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ २९ रुपैयाँ २० पैसाले घटेर २०४ रुपैयाँ २३ पैसा कायम भएको छ ।
प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स एक आपसमा मर्जर प्रक्रियामा रहेका छन् ।

कम्पनीको जारी बीमालेख संख्यामा पनि गिरावट आएको छ । कम्पनीले हाल ७५ हजार ६५ वटा पोलिसी मात्रै जारी गरेको छ । गत आवको सोही अवधिमा ८४ हजार १४२ वटा पोलेसी जारी गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २५ माघ २०७९, बुधबार  ११ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।