सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीको आईपीओमा आज माघ २६ गते बिहीबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । आईपीओमा लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
कति पर्यो आवेदन ?
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार बिहान दश बजेसम्म ३३ गुणा बढी आवेदन परेको छ ।
माघ २३ गतेदेखि निष्कासन गरेको कम्पनीको सेयरमा अन्तिम दिन माघ २६ गते बिहीबार बिहानसम्ममा ३३.०१ गुणा बढी सेयर माग भएको हो । सीडिएससीका अनुसार १२ लाख २६ हजार २४६ वटा आवेदनबाट १ अर्ब ३७ करोड ६९ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ६९० कित्ता सेयरको माग आवेदन परेको हो । कम्पनीले सर्वसाधारणबाट ४ लाख १५ हजार कित्ताका लागि माग गरेको थियो ।
कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेकालाई ५० हजार कित्ता, सामूहिक लगानी कोषहरुलाई २५ हजार कित्ता, कर्मचारीहरुका लागि १० हजार कित्ता सुरक्षित गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया