सुनको मूल्य १ लाख ४९ सय निर्धारण

0
Shares

छापावाल सुनको भाउ बिहीबार नेपाली बजारमा प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँ निर्धारुण गरिएको छ । अघिल्लो दिन १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १०० रुपैयाँले बढेको हो ।

यस्तै बिहीबार तेजावी सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ४ हजार ४०० रुपैयाँमा खरिद बिक्री भैरहेको छ । हिजो तेजावी सुनको मूल्य १ लाख ४ हजार ३०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँ निर्धारण भएको छ । हिजो १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुन तोलामा २०० रुपैयाँले बढ्दा चाँदीको भाउमा भने तोलामा पाँच रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा महासंघले नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८८० अमेरिकी डलर र चाँदी प्रतिऔंस २२.४० डलर हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ माघ २०७९, बिहिबार  ११ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।