एशियन हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै मागभन्दा धेरै आवेदन

0
Shares

एशियन हाइड्रोपावरको आइपीओमा पहिलो दिन माघ २७ गते शुक्रबार नै मागभन्दा धेरै आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रबार दिउँसो पौने २ बजेसम्ममा नै कम्पनीको आईपीओमा करिब ३ गुणा आवेदन परेको हो । कम्पनीले सर्वसाधारणबाट ६ लाख ७२ लाख कित्ताका लागि आवेदन माग गरेकोमा १८ लाख ९७ हजार कित्ताको माग परेको हो ।

सिडिएससीका अनुसार १ लाख ६७ हजार ५२२ जनाले १८ करोड ९७ लाख रुपैयाँ बराबरको १८ लाख ९७ हजार कित्ताको माग भएको हो ।

हाइड्रोपावरले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २०० कित्ता आईपीओ बिक्री खुला हो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१५ अर्थात ८ लाख ४० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन भैसकेको छ । ४२ हजार कित्ता सामूहिक लगानी कोष र १६ हजार ८ सय कित्ता कर्मचारीहरुलाई छुट्याइएको छ ।
लगानीकर्ताले आईपीओमा फागुन २ गतेसम्म मेरो सेयर मोबाइल एप, मेरो सेयरको वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि लगानीकर्ताले सेयर भर्न सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २८ माघ २०७९, शनिबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।