च्याटजीपिटीले पनि दियो गलत जवाफ, नेपालको प्रधानमन्त्रीमा देउवा !

3
Shares

पछिल्लो समय सर्वाधिक चर्चामा कमाएको च्याटजीपिटिले पनि गलत उत्तर दिएको छ । यसअघि गुगलले लन्च गरेको च्याटबोट ‘बार्ड’ले गलत जवाफ दिएपछि त्यसको सवत्र चर्चा तथा आलोचना भएकोमा च्याटजीपिटि पनि त्यसबाट अछुतो रहन नसकेको हो ।

नेपालको प्रधानमन्त्री को हो ? भनी सोधिएको प्रश्नमा च्याटजीपिटीले सन् २०२३ को फेब्रुअरी महिनादेखि नेपालको प्रधानमन्त्री शेर बहादुर देउवा हुनुहुन्छ भन्ने जवाफ दिएको छ ।

हाल नेपालको प्रधानमन्त्री प्रचण्ड पुष्प कमल दाहाल रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । तर प्रचण्ड प्राधानमन्त्रीमा नियुक्त भएको डेढ महिना बितिसक्दा पनि ( माघ २९ गते) च्याटजीपिटीले नेपालको प्रधानमन्त्री शेर बहादुर देउवा रहेको जानकारी दिएको छ ।

च्याटजीपिटिलाई सोधिने प्रश्नहरुको जवाफ सरल, संवेदनशील र सहज भाषामा दिने भएका कारण पछिल्लो समय च्याटजीपिटिको चर्चा र लोकप्रियता बढ्दो क्रममा रहेको थियो । तथापि च्याटजीपिटी कृतिम बौद्धिकताबाट परिचालित भएका कारण यसले दिने सबै जवाफ सही भन्ने हुँदैन । सन् २०२२ को नोभेम्बर महिनामा लन्च भएको च्याटजीपिटीको लोकप्रियता बढेसँगै यसले सर्च इन्जिन गुगललाई समेत पछि पार्न सक्ने अनुमान लगाइएको छ ।

यस अघि गुगलले लन्च गरेको च्याटबोट ‘बार्ड’ ले गलत जवाफ दिएपछि एकै दिनमा गुगलको बजार पुँजीकरणमा १ खर्ब डलर बढीको नोक्सानी ब्यहोर्नु परेको थियो ।

च्याटबोट ‘बार्ड’ ले गलत जवाफ दिँदा गुगललाई एक खर्ब डलर नोक्सान

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ माघ २०७९, आइतबार  ११ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।