नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार दुई कम्पनीको १ अर्ब ३१ करोड ९१ लख ४६ हजार ३२३ रुपैयाँ बराबरको १ करोड ३१ लाख ९१ हजार ४६३ कित्ता बोनस सूचीकृत भएको छ ।
नेप्सेका अनुसार ग्लोबल आइएमई बैंकको ७१ लाख ३८ हजार ७२६ कित्ता र नेशनल लाइफ इन्स्योरेन्सको ६० लाख ५२ हजार ७३७ दशमलव २३ कित्ता बोनस सेयर आइतबार सूचीकृत भएको हो ।
नेशनल लाइफ इन्स्योरेन्सको मंसिर १८ गते सम्पन्न भएको साधारण सभाबाट गत आवको मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश पारित भएको थियो । यस्तै ग्लोबल आइएमई बैंकको मंसिर २३ गते सम्पन्न भएको साधारण सभाबाट गत आवको नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस र १०.६० प्रतिशत नगद लाभांश पारित भएको थियो । बैंकको नगद लाभांश भने करकट्टी गरी यसअघि नै वितरण भैसकेको छ ।
आइतबार सूचीकृत भएको दुबै कम्पनीको उक्त बोनस सेयर बुकक्लोज मितिको अघिल्लो दिनसम्म कायम सम्बन्धित सेयरधनीहरुले मात्र पाउनेछन् । साधारण सभाका लागि गरिएको बुकक्लोज अनुसार ग्लोबल आइएमई बैंकको मंसिर ६ गते मंगलबार गतेसम्म र नेशनल लाइफ इन्स्योरेन्सको मंसिर ७ गते बुधबारसम्म सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्रै बोनस पाउनेछन् ।
सूचीकृत बोनस सम्बन्धित सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजार (नेप्से) मार्फत सेयर बजारमा खरिद बिक्री मिल्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया