सिक्लेस हाइड्रोपावर ६ महिनामा कमायो ६ करोड २७ लाख नाफा

0
Shares

सिक्लेस हाइड्रोपावर लिमिटेडले पुससम्म ६ करोड २७ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । असोज मसान्तसम्म ६ करोड २ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले पछिल्लो तीन महिनामा २५ लाख धेरै नाफा कमाएको हो ।

दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत् बिक्रीबाट १९ करोड ३३ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको कुल सञ्चालन खर्च २ करोड २ लाख रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वित्तीय खर्च ७ करोड ३५ लाख छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८५ करोड रहेको छ भने जगेडा कोष रकम १६ करोड ९१ लाख ३७ हजार रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको दीर्घकालिन कर्जा १ अर्ब ३५ करोड ६७ लाख ८ हजार छ ।

प्रति सेयर आम्दानी १४ रुपैयाँ ७७ पैसा र प्रति सेयर नेटवर्थ ११९ रुपैयाँ ९० पैसा रहेको छ ।

विसं २०७९ कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारण लगानीकर्तामा ११ लाख ५० हजार रुपैयाँ आईपीओ निष्कासन गरेर असोज ११ गते बाँडफाँड गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।