फरवार्ड माइक्रोफाइनान्सको नाफा ७० प्रतिशत घट्यो

0
Shares

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७०.८३ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १२ करोड ४० लाख ३० हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ४२ करोड ५१ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफासँगै कम्पनीको खुद नाफा पनि ओरालो लागेको हो । कम्पनीको खुद ब्याज आम्दानी २६.५८ प्रतिशतले घटेर ५० करोड ८० लाख रुपैयाँमा झरेको छ । सञ्चालन नाफा पनि ७०.८० प्रतिशतले घटेर १७ करोड ७१ लाख रुपैयाँमा झरेको छ ।

गत आवको सोही अवधिमा फर्वाडले ६९ करोड १९ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ६० करोड ६८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा यस लघुवित्तको खराब कर्जा अनुपात १.७० ले बढेर ३.८१ प्रतिशत पुगेको छ । लघुवित्तले इम्पेयरमेन्ट चार्ज बापत २१ करोड ३५ लाख २१ हजार रुपैयाँ छुट्याएको छ ।  चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँ रहेको कम्पनीको नाफामा आएको उच्च गिरावटसँगै प्रतिसेयर आम्दानी ७७ रुपैयाँ १९ पैसा घटेर २३ रुपैयाँ ५० पैसामा झरेको छ ।

कम्पनीको जगेडा कोषमा ९८ करोड ८० लाख ३५ हजार रुपैयाँ जम्मा रहँदा प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ८६ पैसा छ । कम्पनीको कष्ट अफ फन्ड ११.३४ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।