काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से मलमा यातायात मजदुरले तोडफोड गर्दा करोडौँको क्षति भएको छ ।
सवारीसाधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आक्रोशित यातायात मजदुरले काठमाडौंको नयाँ बसपार्कमा सञ्चालित लोत्से मलमा तोडफोड गरेका हुन् । उक्त समूहले लोत्से मल तोडफोड गर्नका साथै त्यहाँ सञ्चालित पसलबाट मोबाइल समेत चोरी गरेका छन् ।
लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कदेखि गोँगबुचोकसम्म सडकमा बसेर कमाउन लागेका बस तथा माइक्रोबस व्यवसायीले नयाँ बसपार्क भित्र छिर्नपर्यो भनेर रिसमा लोत्से मलभित्र तोडफोड गरेको बतााए ।
उनले लोत्सेमा आज भएको तोडफोड तथा लुटपाटबाट लोत्सेलाई करोडौँको क्षति भएको बताए ।

सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका मजदुरले लोत्से मलमा तोडफोड गरेका हन् । आन्दोलनकारी पसलभित्रै बसेर तोडफोड तथा चोरी गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया