हिमालयन र सिभिल बैंकले फागुन १२ गतेदेखि एकीकृत कारोबार थाल्दै

0
Shares

हिमालयन बैंक र सिभिल बैंकले यहि फागुन १२ गते शुक्रबारदेखि संयुक्त कारोबार थाल्ने भएका छन् । दुई बैंकले साढे ७ महिनापछि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

दुबै बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए रिर्पोट) अनुसार हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ को सेयर स्वाप रेसियोमा प्राप्ती गरेर एकीकृत कारोबार गाल्न लागेको हो । जसअनुसार सिभिल बैंकको १०० कित्ता सेयर हुने हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउनेछन् ।

दुई बैंकलाई एकीकृत कारोबार थाल्ने नेपाल राष्ट्र बैंकले माघ १७ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंकलाई एक महिना ( फागुन १६ ) भित्र एकीकृत कारोबार थाल्न केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।

सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले निरन्तरता पाउनेछन् । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समितिले नै निरन्तरता पाउनेछन् । फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हिमालयनका अशोक राणा नै रहनेछन् ।

मर्जर पश्चात् हिमालयन बैंकको प्रधान (रजिष्टर्ड) कार्यालय काठमाण्डौं महानगरपालिका वडा नम्बर २८ कमलादीमा रहनेछ । दुबै बैंकले एकीकृत कारोबारका लागि सिस्टम अपग्रेड गर्नका लागि हिमालयन बैंकको २ दिन र सिभिल बैंकको ३ दिन बैंकिङ्ग कारोबार बन्द हुनेछ । हिमालयन बैंकको बैंकिङ्ग सेवा फागुन ८ गतेको सन्धाकालीन काउन्टर देखि फागुन ११ गते बिहीबारसम्म बन्द हुनेछन् भने सिभिल बैंकको फागुन ८ देखि ११ गतेसम्म बन्द हुनेछ ।

फागनु १२ गते शुक्रबार हिमालयन बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एकीकृत कारोबार सुरु हुने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलबार  १२ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।