एशियन हाइड्रोपावर लिमिटेडले बिक्रीमा ल्याएको आईपीओ खरीदका लागि फागुन ३ गते बुधबारसम्म आवेदन दिन सकिने भएको छ ।
सरकारले फागुन १ गते सार्वजनिक बिदा दिएपछि कम्पनीले थप एक दिन अवधि थप गरेको हो । कम्पनीले सर्वसाधारणमा माघ २७ गतेदेखि ६ लाख ९७ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीको आईपीओमा खरीदका लागि न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेपनि मागभन्दा बढी आवेदन प्राप्त भइसकेकाले १० कित्ताका लागि मात्र आवेदन दिनु उचित हुनेछ ।
लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयरको वेवसाइटबाट अनलाइन माध्यम तथा स–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीमा संस्थापक तर्फबाट २२ करोड २० लाख रकम चुक्ता भएको छ । सर्वसाधारणमा आईपीओ जारी पछि चुक्ता पुँजी ३४ करोड रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया