भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी अर्थतन्त्रको एक महत्वपूर्ण क्षेत्र मात्र नभई समुदायको एकता र परिचालनसँग सम्बन्धित विषय भएको बताएका छन् ।
सहकारी व्यवस्थापन समितिद्वारा आज आयोजित सहकारी र सुशासन विषयक कार्यक्रमका उनले सरकारले अर्थतन्त्रको आशलाग्दो खम्बाका रुपमा सहकारीलाई प्राथमिकताका साथ स्वीकार गरी यस क्षेत्रको विकास र विस्तारमा विशेष कार्यक्रम सञ्चालन गरिरहेको बताएका हुन् ।
सचिव रेग्मीले सहकारीले समुदायमा सबैलाई एउटै स्थानमा ल्याउन सहयोग र सकारात्मक भूमिका खेलिरहेको बताउँदै स्थानीय स्रोतसाधनको भरपुर प्रयोग गर्नसक्ने स्थानीय उत्पादनलाई प्रशोधन गर्दै बजारीकरणमा लैजान सरकारले सहकारीलाई प्रोत्साहन गर्दै आएको बताए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया