कर्णाली करिडोर मुगुको खत्याड गाउँपालिकासँग जोडिने भएको छ । सुकाढिक झुगलास्थित कर्णाली नदीमा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेसँगै खत्याड गाउँपालिका र कर्णाली करिडोरको सडक सम्बन्ध जोडिने भएको हो ।
सो गाउँपालिका र कर्णाली प्रदेश सरकारको करिब तीन करोड ३५ लाख रुपैयाँ लगानीमा सो नदीमा ६० मिटरको बेलिब्रिज निर्माण तीव्र गतिमा भइरहेको छ । पुल निर्माणको ठेक्का लिएको जल्पा÷रविचक्र जेभीले यही फागुन पहिलो साताभित्र काम सक्ने गरी निर्माणलाई तीव्रता दिएको छ ।
पुल निर्माण भए बाह्रै महिना यातायात सञ्चालन हुने र आसपासका धेरै गाउँका बासिन्दालाई सुविधा पुग्ने स्थानीय कमल शाहीले बताए । पुल बनेपछि गाउँसँग सहरी क्षेत्रहरू जोड्न सजिलो हुने खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताए ।
सुकाढिक झुगलादेखि निगालीबोटसम्म सडक निर्माण भइसकेको छ । पुल बनेपछि कर्णाली करिडोरबाट आएका सवारीसाधन रातापानी, गम्था हुँदै निगालीबोटसम्म पुग्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया