एनआईबिएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलको आयोजनामा डियरवाक ग्रुप लिमिटेड अन्तर्गत रहेका डियरवाक कम्पवयर लिमिटेड र सिफल स्कुल लिमिटेडमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई सचेतना कार्यक्रम सञ्चालन भएको हो ।
उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे संचिप्त जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्डको बारेमा र खुलामुखी योजना अन्र्तगत रहेको व्यवस्थित लगानी योजना सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो ।
यसै कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा संक्षिप्त छलफल भएको थियो ।
उक्त कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरीएको थियो । यस प्रकारका कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिवृद्धि भएर जाने विश्वास एनआईबिएल एस क्यापिटल लिमिटेडले लिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया