सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता सेयर बिक्रीमा


सिद्धार्थ बैंकले संस्थापक समूहको १ लाख ६० हजार कित्ता सेयर बिक्री खुल्ला गरेको छ ।

सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा संघ संस्थाहरुले आवेदन पेश गर्न सक्ने सिद्धार्थ बैंकले जनाएको छ । आवेदकले फागुन २१ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ ।

आवेदन फाराममा प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट लिन सकिनेछ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या स्पष्ट लेख्नु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।