होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न काठमाडौं प्रहरीको अनुरोध

0
Shares

जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रहरी परिसर काठमाडौँले आज एक सन्देश जारी गरी सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन र आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाठौँका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गरिने बताए ।

प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुव्र्यवहार नगर्न भनेको छ ।

रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार  ११ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।