एशियन हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

0
Shares

एशियन हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै एशियन हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु एनएमबि क्यापिटलले गर्नेछ ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २०० कित्तासेयर निष्काशन गरेको थियो । उक्त सेयर फागुन १४ गते आइतबार बाँडफाँड भएको थियो ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृरणको प्रकृयामा रहेको छ । हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ६७ पैसा रहेको छ । यसअनुसार कम्पनीको सेयर पहिलो कारोबारमा न्यूनतम ८९ रुपैयाँ ६७ पैसादेखि अधिकतम २६९ रुपैयाँ १ पैसासम्म कारोबारमा आउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।