रावा इनर्जीको आईपीओ स्वीकृत, साढे ८ करोडको आउने

0
Shares

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले ८ करोड ४० लाख मूल्यको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री अनुमति पाएको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कम्पनीले फागुन २५ गते बिहीबार आईपीओ बिक्रीको अनुमति पाएको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ८ लाख ४० हजार कित्ता सेयर जारी गर्न अनुमति मागेको थियो ।

सेबोनबाट आईपीओ निष्कासन गर्न अनुमति पाएसँगै अब कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्कासन गर्नेछ । सो सेयर बाँडफाँडपछि मात्र दोस्रो चरणरमा आम सर्वसाधारणको लागि निष्कासन हुनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

रावा इनर्जीले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकास्थित रावा खोलामा ३ मेगावाटको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना सञ्चालनमा गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलबार  १४ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।