राष्ट्र बैंकले १५ अर्ब वित्त बजारमा पठाउँदै

0
Shares

नेपाल राष्ट्र बैंकले वित्त बजारमा गहिरिएको तरलता संकट हटाउन बिहीबार वित्तीय प्रणालीमा १५ अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले रिपो मार्फत बजारमा उक्त रकम प्रवाह गर्न लागेको हो ।

राष्ट्र बैंकले १४ दिने अवधिको १५ अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । रिपो बिहीबार अपरान्ह ३ बजे बोलकबोल गरेर जारी हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन्।

केन्द्रीय बैंकले ब्याजदर करिडोर उपकरणमार्फत बजारमा तरलता व्यवस्थापन गरिरहेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव भएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ चैत्र २०७९, बिहिबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।