४ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै सनराइज बैंक


सनराइज बैंक लिमिटेडले ३ लाख ९ हजार ९ सय ९१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले रामकृष्ण मानन्धरको नाममा रहेको २ लाख ६३ हजार ४९६ कित्ता र मैया देवी श्रेष्ठको नाममा रहेको ४६ हजार ४९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले आज छुट्टा छुट्टै सूचना जारी गरी ३ लाख ८ हजार ९ सय ९१ कित्ता सेयर बिक्रीमा ल्याएको जनाएको छ । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् । इच्छुक संस्थापक सेयर धनीहरुले आज (चैत ३) गतेबाट ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालयमा सम्पर्क गर्न सक्ने छन् ।

रामकृष्ण मानन्धरले बिकी गर्न लागेको सेयरको न्युनतम मूल्य १२५ रुपैया र मैया देवी श्रेष्ठले बिक्री गर्न लागेको सेयरको न्युनतम मूल्य १२८ रुपैयाँ रहेको छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।