अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई निराश बनाएको छ ।
लघुवित्त कम्पनीको चैत ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा संस्थाको पनौती स्थित केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ८० औ बैठकले आर्थिक वर्ष २०७८।७९ मा आर्जन गरेको मुनाफाको आधारमा संस्थाका सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरिएको कम्पनी सचिव तथा कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले जानकारी दिए ।
गत आवमा लघुवित्तले १ करोड १० लाख ७४ हजार नाफा कमाएको थियो । नाफा कमाएपनि लघुवित्तले लाभांश भने वितरण नगरेको हो ।
गत साउन १८ देखि २२ गतेसम्म कम्पनीले सर्वसाधारणमा ९ लाख ७५ हजार कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको आईपीओ ९७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया