एडिबीको प्रक्षेपणः यो वर्ष नेपालको आर्थिक वृद्धिदर घट्ने मुद्रास्फीति बढ्ने

0
Shares

एशियाली विकास बैंक (एडिबी)ले सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर घटने तथा मुद्रास्फीति बढ्ने प्रक्षेपण गरेको छ ।

एशियाली डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै एडिबीले सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने अनुमान गरेको छ । एडिबीले सन २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको थियो

राष्ट्र बैंकले आयातमा नियन्त्रण, बैंक ब्याजदरमा कडाई गरेपछि यो आवमा आर्थिक वृद्धिरमा केहि संकुचन आएपनि आगामी आर्थिक बर्ष सन २०२४ मा भने पुनः आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण एडिबीको छ ।

यस्तै एडिबीले यो बर्ष नेपालको मुद्रास्फीति भने बढेर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । आव २०२२ मा नेपालको मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार  १२ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।