नेपालले धेरै वस्तु निर्यात गर्ने दर्जन मुलुकहरु यस्ता, सबैसँग व्यापार घाटा


नेपालले विश्वका १७० भन्दा बढी मुलुकसँग वस्तु तथा सेवा आयात तथा निर्यात गर्ने गरेको छ । चालु आर्थिक वर्षको १० महिनामा नेपाल सबै मुलुकसँग १२ खर्ब बढीको व्यापार घाटाको अवस्थामा रहँदै गर्दा सबैभन्दा धेरै निर्यात तथा आयात गर्ने मुलुक भारत रहेको छ ।

सीमित वस्तुको आयात तथा निर्यात हुने केही मुलुकसँग सानो रकमको व्यापार नाफा भएको देखिए पनि अधिकांश मुलुकसँग नेपाल व्यापार घाटाको अवस्थामा छ । विभागको तथ्याङ्क अनुसार नेपालले धेरै निर्यात गर्ने शीर्ष १२ मुलुकहरुसँग नेपाल व्यापार घाटाको अवस्थामा छ ।

बैशाख मसान्तसम्मको भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले भारतर्फ ९१ अर्ब १४ करोड ७९ लाख ७४ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । उक्त अवधिमा नेपालले भारतबाट ८ खर्ब ४४ अर्ब ५३ करोड ४९ लाख ५९ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । उल्लेखित आंकडाका आधारमा नेपालको भारतसँगकाे व्यापार घाटा ७ खर्ब ५३ अर्ब ३८ करोड ६९ लाख ८५ हजार रुपैयाँ छ ।

३४ देशसँग नेपालको व्यापार नाफा अर्बभन्दा कम, कुनसँग कति ?

नेपालले धेरै निर्यात गर्ने मुलुकको दोस्रो स्थानमा रहेको संयुक्त राज्य अमेरिकातर्फ १० महिनामा १५ अर्ब ५८ करोड ६६ लाख ३६ हजार रुपैयाँको निर्यात भएको छ । सोही समयमा अमेरिकाबाट १६ अर्ब ३० करोड ८७ लाख ६६ हजार रुपैयाँको आयात हुँदा ७२ करोड २१ लाख ३१ हजार रुपैयाँ व्यापार घाटा भएको छ ।

धेरै निर्यात हुने मुलकको सूचीमा तेस्रो स्थानमा रहेको जर्मनीतर्फ बैशाख मसान्तसम्ममा नेपालले ३ अर्ब ४१ करोड ५९ लाख १८ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । सोही अवधिमा नेपालले जर्मनीबाट ५ अर्ब ६८ करोड ८८ लाख ३५ हजार रुपैयाँ बराबरको आयात गर्दा नेपाललाई २ अर्ब २७ करोड २९ लाख १६ हजार रुपैयाँको व्यापार घाटा भएको छ ।

चौथो स्थानमा रहेको संयुक्त अधिराज्यतर्फ नेपालले २ अर्ब ६७ करोड ३ लाख ९५ हजारको निर्यात गरी ५ अर्ब २६ करोड ८४ लाख १६ हजारको आयात गर्दा २ अर्ब ५९ करोड ८० लाख २१ हजारको व्यापार घाटा भएको छ ।

त्यसैगरी पाँचौ स्थानमा रहेको टर्कीएतर्फ १ अर्ब ६३ करोड ६ लाख ३८ हजारको निर्यात भई ३ अर्ब ६१ करोड ४५ लाख १४ हजारको आयात हुँदा नेपाललाई १ अर्ब ९८ करोड ३८ लाख ७६ हजार रुपैयाँ व्यापारघाटा भएको छ । छैटाैं स्थानमा रहेको क्यानडातर्फ पनि १ अर्ब ५८ करोड २८ लाख १४ हजारको निर्यात तथा ३ अर्ब ४४ करोड ७१ लाख ३३ हजारको आयात हुँदा नेपाललाई १ अर्ब ८८ करोड ४२ लाख ५८ हजारको व्यापार घाटा भएको छ ।

दश महिनामा १२ खर्ब बढी व्यापार घाटा

सातौं स्थानमा रहेको फ्रान्सतर्फ १ अर्ब ४८ करोड ४० लाख १० हजारको निर्यात भई ७ अर्ब १२ करोड ६८ लाख ९९ हजार रुपैयाँको आयात हुँदा ५ अर्ब ६४ करोड २८ लाख ९० हजार रुपैयाँको व्यापार घाटा भएको छ ।

आठौं स्थामा रहेको चीनतर्फ १० महिनाको अवधिमा जम्मा १ अर्ब ३५ करोड २८ लाख ७० हजार रुपैयाँको निर्यात भएको छ । जबकी सोही अवधिमा चीनबाट १ खर्ब ७९ अर्ब २१ करोड ८६ लाख ३५ हजार रुपैयाँको मालवस्तु आयात भएको छ । उल्लेखित आंकडा अनुसार नेपालले बैशाख मसान्तसम्ममा चीनसँग १ खर्ब ७७ अर्ब ८६ करोड ५७ लाख ६५ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।

नवौं स्थानमा रहेको अष्ट्रेलियातर्फ नेपालले १० मपहनामा १ अर्ब २७ करोड ८३ लाख ३८ हजार रुपैयाँको निर्यात तथा १६ अर्ब ८५ करोड ३२ लाख ८० हजारको आयात गर्दा १५ अर्ब ५७ करोड ४९ लाख ४२ हजार रुपैयाँको व्यापार घाटा भएको छ ।

दशौं स्थानमा रहेको जापानतर्फ १ अर्ब १४ करोड १ लाख ४० हजार रुपैयाँको निर्यात तथा ४ अर्ब ५५ करोड ४३ लाख ९६ हजार रुपैयाँको आयात भई १० महिनामा नेपाललाई ३ अर्ब ४१ करोड ४२ लाख ५५ हजार रुपैयाँ व्यापार घाटा भएको छ ।

एघारौं स्थानमा रहेको इटलीतर्फ १ अर्ब ७ करोड ७० लाख ८४ हजार रुपैयाँको निर्यात तथा २ अर्ब ५३ करोड ८८ लाख ३६ हजारको आयात भई नेपाललाई १ अर्ब ४६ करोड १७ लाख ५२ हजार रुपैयाँ व्यापार घाटा भएको छ ।

सूचीको बाह्रौं स्थानमा रहेको नेदरल्याण्ड्सतर्फ ८६ करोड ६ लाख १० हजार रुपैयाँको निर्यात तथा २ अर्ब ७५ करोड २० लाख ९३ हजार रुपैयाँको आयात भई नेपाललाई १ अर्ब ९१ करोड १४ लाख ८३ हजार रुपैयाँको व्यापार घाटा भएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा कुल १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । बैशाख मसान्तसम्ममा मुलुकले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको माल वस्तु आयात गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

दश महिनाको अवधिका कूल १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार भएकोमा नेपालले १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको मात्र माल वस्तु निर्यात गरेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा नेपालको वस्तु निर्यात २४.४९ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात गरेको थियो ।

समीक्षा अवधिमा मालवस्तुको आयात र निर्यात दुबै घटेको छ । विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिनामा १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको कूल आयात गरेकामा चालु आवको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

कूल कारोबारका आधारमा आव २०७८/७९ को पहिलो १० महिनामा १७ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको व्यापार भएकोमा चालु आवको १० महिनामा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।