श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । फाइनान्सको २ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले का अनुसार कम्पनीको परिवर्तित धितोपत्रको संरचना अनुसार संस्थापक र सर्वसाधारण समुहको सेयर हिस्सा ५१ र ४९ प्रतिशत अनुपातमा कायम भई अभिलेख भएको छ ।
नेप्सेको जेठ १० गतेको निर्णय अनुसार संस्थापक समूहको २ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारण समूहमा अभिलेख राखी सोही समूहअन्तर्गत कारोबार हुन योग्य भएको हो ।
यसअघि फाइनान्समा संस्थापक र सर्वसाधारण समुहको सेयर हिस्सा क्रमशः ५२.३२ र ४८.६८ प्रतिशतको अनुपातमा कायम रहेको थियो । कम्पनीको हालसम्म सूचीकृत सेयर संख्या ९८ लाख १६ हजार ८३२ कित्ता रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया