युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । जेठ १४ गते आइतबारदेखि लागू हुने गरी मर्जर प्रयोजनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार रोक्का गरेको हो ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिक २०७९ (मर्जर निर्देशिका) बमोजिम मर्जर प्रयोजनका लागि दुबै कम्पनीको सेयर कारोबार बढीमा १५ दिनसम्म रोक्का गर्न सक्ने प्रावधान रहेको छ । दुई कम्पनीबीच मर्जर भएको सेयर स्वाप रेसियो अनुरुप नयाँ कम्पनीको रुपमा सेयर सूचीकृत भएपछि कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा नियमित कारोबारमा आउनेछ ।
युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनी मर्जर भएर जेठ १४ गतेदेखि ‘युनाइटेड अजोड इन्स्योरेन्स’को एकिकृत कारोबारको शुभारम्भ गर्दैछन् । मर्जरको सम्झौता भएको छोटो समयमै मर्जर प्रकृया टुङ्ग्याएर एकीकृत कारोबार थाल्न लागेका हुन् । मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया