रिलायबल नेपाल लाइफको एजीएम आह्वान

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी असार १ गते छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको जेठ ११ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकको निर्णयबाट लिसारा व्यांकेट, ज्ञानेश्वर, काठमाडौमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले कम्पनीको छैटौैं वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्शान हिसाव, इक्युटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण सहितको अनुसुची (एनएफआरएस) अनुसारको वित्तीय विवरणहरु समेत पारित गर्ने छ ।

साथै सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले सर्वसाधारणमा अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ रुपैयाँ दरमा कुल १ करोड २० लाख कित्ता आईपीओ सेयर जारी गर्न २०७९ मंसिर १३ गते निवेदन दर्ता गराएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार  १४ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।