तीन कम्पनीको बोनस नेप्सेमा सेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको कुल १ करोड २६ लाख ३३ हजार २५८ दशमलव ५८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल), स्वरोजगार लघुवित्त वित्तीय संस्था र प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

हाइड्रोइलेक्ट्रीसिटीले गत पुस २६ गते सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट पारित गरेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस बराबरले हुन आउने १ करोड ६ लाख ३८ हजार १३३ दशमलव ७५ कित्ता सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

यसैगरी स्वरोजगार लघुवित्त वित्तीय संस्थाको गत चैत ११ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पुँजीको २२ प्रतिशतले हुन आउने ११ लाख ३१ हजार १८ दशमलव ०७ कित्ता बोनस पनि आइतबार नै सूचीकृत भएको छ ।

साथै प्रभु इन्स्योरेन्सको फागुन २३ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पुँजीको ६.७० प्रतिशतले हुन आउने ८ लाख ६४ हजार १०६ दशमलव ७६ कित्ता बोनस सेयर सूचीकृत गराएको हो ।

आइतबार सूचीकृत बोनस सेयर सम्बन्धीत कम्पनीकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ तोकेको बुकक्लोज अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र पाउनेछन् ।

एचआईडिसीएलले पुस १४ गते, स्वरोजगार लघुवित्तले फागुन ३० गते र प्रभु इन्स्योरेन्स लिमिटेडले फागुन १२ गते बुकक्लोज गरेको थियो ।
उक्त हितग्राही खातामा आएपछि सम्बन्धीत सेयरधनीले धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।