कालिका पावरको बोनस र ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचीकृत

0
Shares

कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर र ग्लोबल आइएमई बैंकको ऋणपत्र मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

स्टकका अनुसार कालिका पावरको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने १० लाख ३५ हजार कित्ता बोनस सेयर आज सुचीकृत भएको छ । सो बोनस कम्पनीको २०७९ पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट अनुमोदन भएको थियो । साधारण सभाका लागि तोकिएको बुकक्लोज अनुसार कम्पनीको बोनस सेयर पुस १६ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्रै पाउनेछन् ।

यस्तै मंगलबार नै ग्लोबल आइएमई बैंकको ५० लाख कित्ता ऋणपत्र पनि सूचीकृत भएको छ । बैंक र नेप्सेबीच आज ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४–८५’ नामक ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको हो ।

मंगलबार सूचीकृत बोनस तथा ऋणपत्र सूचीकृत भएसँगै बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ । नेप्सेले ऋणपत्रलाई ‘जीबीआईएल ८४–८५’ कारोबार संकेत प्रदान गरेको छ ।

बैंकले २०७९ माघ २९ देखि फागुन ५ गतेसम्म उक्त ऋणपत्र सर्वसाधारणलाई बिक्री गरेर फागुन १२ गते बाँडफाँड गरेको थियो । ग्लोबल आईएमई बैंकले ऋणपत्र बाँडफाँड भएको तीन महिना भन्दा बढी अवधिपछि मात्रै बैंकले ऋणपत्र सुचीकृत गरेको हो ।

पाँच वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११.२५ प्रतिशत ब्याजदर पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार  १५ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।